Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

सहमति विपरित कोशीमा सरकार विस्तार भएको नेकपा एसको आरोप

राजेन्द्र राईले भने ‘नसच्याए सरकारको विकल्प खोज्न तयार’

उद्‌घोष संवाददाता
२६ माघ २०८०, शुक्रवार

विराटनगर, २६ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शुक्रवार गरेको मन्त्रिमण्डल विस्तारप्रति सत्ता गठबन्धनभित्रै असन्तुष्टि देखिएको छ ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राईले मन्त्रिमण्डल विस्तारका क्रममा मुख्यमन्त्री कार्कीले सहमति उल्लङ्घन गरेको आरोप लगाए ।

उनले तुरुन्तै गल्ती नसच्याए सरकारको विकल्प खोज्न समेत तयार रहेको चेतावनी दिएका छन् ।

‘अध्यादेश विना सल्लाह ल्याइयो, अहिले मन्त्रिमण्डल विस्तारमा पनि सहमति उल्लङ्घन भयो’ राईले भने, ‘गल्ती तुरुन्तै सच्चाउन आग्रह गरेको छु, नसच्चाए हामी सरकारकै विकल्प खोज्न तयार छौँ, एउटा मन्त्रीका लागि सरकारमा टाँसिरहन कुनै जरुरी छैन ।’

उनले सरकारले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा सत्ता गठबन्धनका दलहरूबाट एक एक जना मन्त्री पठाउने सहमति भएको बताए । तर मुख्यमन्त्री कार्कीले उक्त सहमति विपरीत आज सरकार विस्तार भएको भन्दै शपथ ग्रहणमा समेत अनुपस्थित भएको प्रष्टीकरण दिए ।

View : 600

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved