Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
खेलकुद

टि–२० क्रिकेट प्रतियोगिता : मोरङ र आयोजक मिल्स क्रिकेट विजयी

उद्‌घोष सम्वाददाता
१४ चैत २०८१, बिहिवार

विराटनगर । विराटनगरमा जारीे प्रदेश स्तरीय टि–२० क्रिकेट प्रतियोगिताको बुधबार भएका खेलमा मोरङ जिल्ला र आयोजक मिल्स क्रिकेट क्लब विजयी भएका छन् । 

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बुधबार भएको खेलमा मोरङले उदयपुर जिल्लालाई ५० रनले र आयोजकले सुनसरीलाई ६ विकेटले हराउँदै विजयी भएका हुन् । जितसँगै मोरङ र आयोजकले समान २–२ अंक जोडेका छन् ।

दोस्रो दिनको पहिलो खेलमा मोरङले दिएको १२० रनको विजय लक्ष्य पछ्याएको उदयपुरले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ६९ रन मात्रै बनाउन सक्यो । 

यसअघि टस जितेर ब्याटिङ थालेकोे मोरङले १९ दशमलव ६ ओभरमा सबै विकेट गुमाइ ११९ रनको बनाएको थियो । 

बुधबार नै भएको दोस्रो खेलमा सुनसरीले दिएको ११८ रनको लक्ष्य २० ओभरमा ४ विकेटको क्षतिमा आयोजकले पूरा गर्यो ।

यसअघि सुनसरीले १९ दशमलव ६ बलमा सबै विकेट गुमाइ ११७ रनमा सीमित भएको थियो । बिहीबारको पहिलो खेल मोरङ र इलामबीच हुने छ भने दोस्रो खेल सुनसरी र झापा जिल्लाबीच हुनेछ ।

मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजनमा भएको प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता रहेको मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीकी सचिव शान्ता जोशीले जानकारी दिइन् ।

View : 72

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved