Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

हाटखोलाबाट साढे पाँच सय किलो गाँजा बरामद

उद्‌घोष संवाददाता
३ असोज २०८२, शुक्रवार

विराटनगर । मोरङ प्रहरीले बिहीबार राती विराटनगर–८ हाटखोलाबाट पाँच सय ३८ किलो गाँजा बरामद गरेको छ ।

शंकास्पद अवस्थामा गाडी पार्कमा रहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गाँजा र गाडी बरामद गरेको हो ।

प्रहरीले गाँजा ओसार पसार गर्न प्रयोग गरिएको प्रदेश १–०२–००१ च १६६६ नम्बरको एउटा निजी कार समेत नियन्त्रणमा लिएको छ । 

गाँजा लोड गरिएको गाडी हाटखोला क्षेत्रमा पार्क गरिएको अवस्थामा फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक हस्त बहादुर सुनारले बताए । 

उनले कार चालक तथा गाँजाको अवैध कारोबारमा संलग्न व्यक्तिको खोजतलास तीब्र पारिएको जानकारी दिए ।

View : 391

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved