विराटनगर । विराटनगर विमानस्थलबाट एक जना यात्रुलाई एक सय दरका ८ हजार १ सय अमेरिकी डलर सहित प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बेलुकी साढे ७ बजे यती एयरलाइन्सको उडानबाट विराटनगरदेखि काठमाडौं जान लागेका सुनसरी भोक्राह नरसिंह गाउँपालिका–५ बस्ने ३४ बर्षीय नौशाद अन्सारीलाई विमास्थलमा खटिएको प्रहरी टोलीले जाँच गर्दा उनको साथबाट उक्त अमेरिकी डलर बरामद गरेको हो ।
पक्राउ परेका अन्सारीले आवश्यक कागजात, प्रमाण उपलब्ध गराउन नसकेकाले आइतबार बरामद भएको डलर सहित उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी, सुनसरीमा बुझाइएको मोरङ प्रहरीले जनाएको छ ।
View : 348
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved