Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

कवि कृष्ण प्रधानको कृतिमाथि विमर्श

उद्‌घोष सम्वाददाता
१४ माघ २०८०, आइतवार

विराटनगर । कवि कृष्ण प्रधानको कविता सङ्ग्रह ‘हराएको गाउँको   द्यौता’ माथि शनिबार बिराटनगरमा विमर्श कार्यक्रम सम्पन्न भयो ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित  प्राध्यापक  कविराज न्यौपानेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संयोजन प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले गरे भने प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले स्वागत मन्तव्य प्रकट गरेका थिए ।

सो अवसरमा डा हरिहर भण्डारी,गङ्गा सुवेदी, गङ्गाधर कट्टेल र चक्रपाणी खनालले सो कृतिका विविध पक्षमाथि आआफ्नो टिप्पणी प्रस्तुत गरेका थिए ।

कृतिकार प्रधानले अन्तुक्रियामा उठेका जिज्ञासाहरुको जवाफ दिदै समयका भोगाइहरुले आफूलाई कवि बनाएको कुरा उल्लेख गरे ।

कार्यक्रममा रामबाबु दाहाल, मधु पोखरेल र लक्ष्मी पोखरेलले  कवि प्रधानको सो कृतिभित्रका केही कविता वाचन गर्दै पाठकीय मन्तव्य व्यक्त गरे । स्वयम्भुनाथ कार्की र कृष्ण भण्डारी मार्सेलीले पाठकीय टिप्पणी राखेका थिए ।

सो कृतिको प्रकाशन पूर्वाञ्चल साहित्य प्रतिष्ठानले गरेको हो । प्रतिष्ठानले आफूले प्रकाशन गरेका कृतिहरुको लोकार्पण एवम विमर्श सभा गदै आएको छ ।

View : 289

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved