Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

क्रिकेट युनाइटेस कपको सिरिज बराबरी

उद्‌घोष संवाददाता
३१ वैशाख २०८३, बिहिवार

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ स्थित मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा क्रिकेट युनाइटेस कप–२०२६ को सिरिज बराबरीमा सकिएको छ ।

बुधबार विहान विराटनगर बर्षा भएर मैदानमा पानी जमेपछि क्रिकेट युनाइटेड्स कप सिरिज अन्तरगत बागमती प्रदेश र इक्वालिटी कप–११ विचको खेल रद्ध भएको हो । जसका कारण तीन खेलको सरिज १–१ को  बराबरीमा सकिएको छ ।

पहिलो खेल इक्वालिटी कप–११ ले बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा बागमती प्रदेश २२ रनले विजयी भएको थियो । 

प्रतियोगिताको उत्कृष्ट खेलाडी इक्वालिटी कप–११ की टिका साह घोषित भइन् भने उत्कृष्ट ब्याटर इक्वालिटी कप–११ की सानु राजवंशी, उत्कृष्ट बलर बागमतीकी पार्वती खत्री र उदयीमान खेलाडी पनि बागमतीकी लक्ष्मी माया रुम्वा घोषित भइन् ।

विजयी तथा अन्य खेलाडीलाई नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा ट्रफि वितरण गरेका छन् ।

View : 258

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved