Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

सुरु भयो कांग्रेसको निर्णायक केन्द्रीय समिति बैठक, पार्टी विभाजन रोक्ला ?

उद्‌घोष संवाददाता
३० पुष २०८२, बुधवार

विराटनगर । नेपाली कांग्रेसको प्रतिक्षित र निर्णायक मानिएको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।

केन्द्रीय समितिको बैठकको मुख्य ऐजेण्डा नै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन पक्षधरको माग सम्बोधन गर्नेमा केन्द्रीत रहने छ ।

विशेष महाधिवेशन पक्षधरले पछिल्लो चरणमा अन्तिम विकल्पका रुपमा ८ बुँदे माग केन्द्रीय समितिमा पठाएको जनाइएको छ । 

पटक–पटकको त्रिपक्षीय वार्ता बुधबार विहानसम्म पनि सहमतितर्फ अघि बढेको छैन । बुधबार बिहान ८ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक ६ घण्टा ढिला बसेका कारण यो बैठक पार्टी विभाजन रोक्ने विषयमा निर्णायक हुने जनाइएको छ ।

विशेष पक्षधरले भने सभापति पदमा उम्मेदवारी दर्ता गरिसकेका वर्तमान महामन्त्री गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्नै पर्ने र वर्तमान सभापति शेरबहादुर देउवा पार्टीको जिम्मेवारीबाट पूर्णरुपमा बाहिरिनुपर्ने प्रस्ताव केन्द्रीय समितिका लागि निकै कठिन हुने निश्चित छ ।

देउवा निकट मोहन बहादुर बस्नेतले केहिबेर अघि मात्रै गगन थापाले चुनाव जित्ने सुनिश्चित नै नभएको भन्दै उनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्न नसकिने स्पष्ट जवाफ दिइसकेका छन् ।

View : 122

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved