Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

एभरेष्टमा वक्तृत्वकला

उद्घोष सम्वाददाता
१३ पुष २०८०, शुक्रवार

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा दुई तहमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ६ र ७ तथा कक्षा ८ र ९ का विद्यार्थीहरु बीच वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

कक्षा ६ र ७ का विद्यार्थीहरुले ‘विश्वमा बढ्दो तापक्रम र पृथ्वीमा यसको असर’ विषयमा आफनो प्रस्तुती राखेका थिए । कक्षा ८ र ९ का विद्यार्थीहरुले ‘हाम्रो शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकताको प्रभाव’ को विषयमा तर्क गरेका थिए ।

प्रतिष्पर्धापछि कक्षा ६ र ७ को समूहबाट कक्षा ६ अन्नपूर्णकी जेनिशा दाहाल प्रथम र यीशुका बस्नेत द्वितीय र कक्षा ७ कञ्चनजंघाका प्रयास भण्डारी तृतीय भए ।

कक्षा ८ र ९ को समूहमा कक्षा ९ मकालुका दिवांशु न्यौपाने प्रथम, कक्षा ८ कञ्चनजंघाका समिप खनाल द्वितीय र कक्षा–८ धौलागिरीका अनिरुद्र सेढाईं तृतीय झएको विद्यालयकी अतिरिक्त त्रियाकलाप इञ्चार्ज सुधा डंगोलले बताइन् ।

View : 177

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved