विराटनगर । नारदमुनि–पवित्रादेवी लुइटेल स्मृति कोष ग्रामथान–२ झोराहाटबाट स्थापित यस वर्षको झिलकुमारी लुइटेल स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजन विराटनगरकी सम्वाददाता सुशीला पाठकलाई दिने घोषणा गरिएको छ ।
कोषको आइतबार बसको बैठकले पाठकलाई सो पुरस्कार दिने घोषणा गरेको जनाइएको छ ।
११ हजार एक सय ११ रुपैयाँ राशि रहेको सो पुरस्कार आगामी शुक्रबार एक समारोहबीच वितरण गरिने सो कोषका संरक्षक पक्रकार शंकर लुइटेलले जानकारी दिए ।
मोरङ कार्यक्षेत्र बनाई सत्रिय पत्रकारिता गर्दै आएका मध्येबाट छनोट गरी प्रत्येक वर्ष एक जनालाई सो पुरस्कार वितरण हुँदै आएको छ ।
वि.सं २०७८ बाट वितरण गर्न सुरु गरिएको सो पुरस्कारबाट पत्रकार अभय राई र विनोद सुवेदी पुरस्कृत भैसकेका छन् ।
View : 329
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved