सुनसरी । सातौं संस्करणको कोशी प्रदेश अन्तर विद्यालय डीआईजी कप फुटबल प्रतियोगितामा १६ विद्यालयले प्रतिष्पर्धा गर्ने भएका छन् ।
आगामी पुस ९ देखि १९ सम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशका १६ विद्यालयले प्रतिष्पर्धा गर्ने आयोजक नेपाल पुलिस स्कुल धरानले मंगलवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
बिगत १६ वर्षदेखि हुन नसकेको प्रतियोगितालाई यस पटकदेखी पुनः निरन्तरता दिएको खेल संयोजक सागर लामा कार्कीले जानकारी दिए । बिभिन्न कारणले २०६६ सालमा छैटौं संस्करणपछि प्रतियोगिता हुन सकेको थिएन ।
विद्यालय तहबाटै खेलकुदको प्रवद्र्धन गर्दै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता २०५८ सालदेखि प्रारम्भ भएको थियो ।
नेपाल प्रहरी प्रदेश कार्यालय धरानको खेल मैदानमा हुने प्रतियोगितामा यु–१७ र यु–१८ उमेर समूहका कक्षा १० सम्म विद्यार्थीले खेल्न पाउने आयोजकले जनाएको छ ।
तर प्रतियोगितामा एन्फाको कुनै पनि लिगमा सहभागी भएका विद्यार्थी खेलाडीले भने सहभागिता जनाउन नपाउने कार्कीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले ८१ हजार ५ रुपैयाँ तथा उपविजेताले ४१ हजार ५ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।
विधागत उत्कृष्ट हुनेलाई जनही २ हजार ५ रुपैयाँ प्रदान गरिने र विजेता खेलाडीहरूलाई कक्षा ११ मा अध्ययन गर्न ५० प्रतिशत छात्रवृत्ति समेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।
View : 106
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved