Biratnagar, Morang, Nepal
१६ वैशाख २०८१, आइतवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले उदयपुरको अध्यक्षमा राउत निर्वाचित

उपाध्यक्षमा एक मतले लामा विजयी
उद्घोष सम्वाददाता
१५ चैत २०८०, बिहिवार

विराटनगर । नेकपा एमाले उदयपुर जिल्ला कमिटीको अध्यक्षमा युवा नेता भागवत राउत निर्वाचित भएका छन् । राउतले वर्तमान अध्यक्ष परमेश्वर घिमिरेलाई ११४ मतले पराजित गरेका हुन् । 

अध्यक्ष निर्वाचित राउतले ३४४ मत पाउँदा पराजित घिमिरेले २३० मत प्राप्त गरेका छन् । राउतले गणनाको सुरुवाती अग्रता कायम राख्दै निर्वाचित भएका हुन् । 

नबौं जिल्ला अधिवेशनबाट जिल्ला कमिटीको नेतृत्व चयनका लागि ६२४ प्रतिनिधिहरू मध्ये ५८१ जनाले मतदान गरेका थिए । 

त्यसैगरी उपाध्यक्षमा कालुमान लामा एक मतले निर्वाचित भएका छन् । सुरुवाती अग्रता बनाउँदै लगेका दिलबहादुर तामाङ अन्तिममा लामासित एक मतले पराजित भएका हुन् । लामाले १९२ मत प्राप्त गरेका छन् । तामाङले १९१ र उपाध्यक्षकै तेस्रो प्रतिष्पर्धी भरत बहादुर थापाले १३७ प्राप्त गरेका हुन् ।

सचिवमा टेकबहादुर राउतले सर्वाधिक १९१ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । सचिवमै लडेका शम्भु पौडेलले १८३ र महेश रोक्काले १४० मत प्राप्त गर्दै पराजित भएका हुन् ।

उपसचिव खुल्लामा हेमबहादुर खड्काले १९४ प्राप्त गर्दै विजयी भएका छन् । जीवनाथ दाहाल १०८, मन्दिप राई ९३, दुर्गानन्द चौधरी ५३ र धर्मबहादुर तामाङ ४६ मत प्राप्त गर्दै पराजित भएका हुन् । 

उपसचिव (महिला) मा गंगा राई निर्वाचित भइन् । उनले २६० मत प्राप्त गरिन् । महेश्वरी राईले १४९ र गीता खड्काले १२५ मत प्राप्त गर्दै पराजित भएका छन् ।

त्रियुगा नगरपालिका–३ स्थित द होटल इम्पायरमा बिहीबार बिहान सुरु भएको मतगणना साढे १० घण्टामा सकिएको निर्वाचन कमिटीले जनाएको छ । अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको जनाइएको छ ।

View : 124

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved