विराटनगर । प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०८१÷८२ को मुनाफाबाट आफ्ना शेयरधनीलाई आठ प्रतिशत बोनस सेयर तथा चुक्ता पुजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस शेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको छ ।
सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक पदमा वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र बिष्टलाई निर्विरोध निर्वाचित गरेको छ ।
डा.बिष्ट यसअघि पनि बैंकको सञ्चालक थिए ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आगामी दिनहरूमा पनि बैंकको सेवा र शाखाहरूको सञ्जाल विस्तार गर्दै आफ्ना शेयरधनीहरूलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने तथा ग्राहक केन्द्रित डिजिटल समाधान मार्फत बैंकको सेवा आधुनिक एवं सरल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
View : 102
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved