Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

आदर्श माविमा सिलाइ तालिम शुरु

उद्घोष सम्वाददाता
१ असोज २०८१, मङ्गलवार

विराटनगर, १ असोज । विराटनगर ७ स्थित आदर्श माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लक्षित गरी सिलाई कटाई तालिम सुरु भएको छ ।

रोटरी क्लब अफ विराटनगर डाउनटाउन र आदर्श माध्यमिक विद्यालयको साझेदारीमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सिलाई कटाई सम्बन्धी तालिम दिन थालिएको प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए ।

तालिमका लागि विद्यालयले छुट्टै सिलाई कटाई सम्बन्धी ल्याब स्थापना गरी एकजना प्रशिक्षकको समेत व्यवस्था गरेको जनाएको छ ।

हाल रोटरी क्लब अफ विराटनगर डाउनटाउनले प्रदान गरेका सातवटा सिलाई मेसिनबाट तालिम प्रारम्भ गरिएको बताइएको छ ।

विद्यालयले आफना विद्यार्थीहरूको पढाइको समयलाई मध्यनजर गरी प्रत्येक दिन विहान ९ बजेदेखि १० बजेसम्म र पुस्तक रहित शुक्रबारका दिन छनोट भएका विद्यार्थीहरूलाई तालिम दिने जनाएको छ ।

विश्वकर्मा पूजाको अवसर पारेर मंगलबार क्लबकी अध्यक्ष मञ्जु अग्रवालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास पराजुलीलाई सिलाइ मेसिन हस्तान्तरण गरिन ।

View : 88

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved