Biratnagar, Morang, Nepal
१० वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

सेन्ट्रल मल्टिप्लेक्समा ‘सुगुप’को प्रिमियर शो

उद्‌घोष सम्वाददाता
९ फागुन २०८०, बुधवार

विराटनगर । लिम्बू संस्कृति झल्काउने चलचित्र ‘सुगुप’ को विराटनगरमा प्रिमियर शो हुने भएको छ । फागुन २८ गते सेन्ट्रल मलस्थित सेन्ट्रल मल्टिप्लेक्समा प्रिमियर शो तय भएको जनाइएको छ । चलचित्र कलाको माध्यमबाट लिम्बू भाषा संस्कार र संस्कृतिलाई भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्माता समूहले जनाएको छ ।

किराँत याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा र किरात याक्खा छुम्मा विराटनगरको आयोजनामा उक्त चलचित्र सेन्ट्रल मल्टिप्लेक्समा प्रिमियर शो गरिने उक्त चलचित्रका लेखक देवेन्द्र खापुङले बताए । लिम्बू जातिमा प्रसव पीडाका कारण मृत्यु भएका भएकी महिलालाई ‘सुगुप’ भएको भनिने र ‘सुगुप’ भएर मृत्यु भएकी महिलाको मृत्यु संस्कार अलग्गै हुने कुरालाई चलचित्रका माध्यमबाट देखाउन खोजिएको उनले जानकारी दिए ।

चलचित्रमा कलाकारहरु प्रेम सुब्बा, यासेली योङहाङ, मौसम इम्बुङ लिम्बू (फुलेन्देको बाउ), वविता नेयोङहाङ, डम्बर कुमारी, पयाङ्गो मेन्याङ्बो, योमन सोदेम्बा, सागर केरुङ, रुकमा लिम्बू, निता लिम्बू, पन्ना आङबो, एमके योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, इन्द्रा पन्धाक, युवराज इश्वो, थानाहाङ तिगेला, सैलेन्दकुमार नाल्बो, रबिनइन्द्र शेर्पालगायत छन् । सो चलचित्रमा विराटनगरकी मोडल सुम्निमा खापुङले आफ्नो डेब्यू भूमिका देखाएकी छन् ।

चलचित्रको छायाङ्कन युवराज राई (वीरबहादुर), सम्पादन विपिन्न मल्ल, नृत्य निर्देशक कमल राई, द्वन्द्व निर्देशन किशोर सम्बाहाङ्फे, मुख्य निर्माता रबिनकुमार नाल्बो लिम्बू, निर्माता शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एलपी साँवा लिम्बू, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो छन् । 

भारतको आसामसहित पूर्वी नेपालको ताप्लेजुङ, नाल्बू र पाँचथरको साँबा, याङ्वरक तथा काठमाडौं, मकवानपुरको कुलेखानी लगायतका स्थानहरुमा चलचित्रको छाँयाङ्कन गरिएको जनाइएको छ । निर्देशन लोकेन साँबा लिम्बूले गरेका छन् ।

View : 530

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved