Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

रथयात्राको पूर्वसन्ध्यामै ४० जना पक्राउ

भारतीय पाकेमार पक्रिन सादा पोषाकका प्रहरी जताततै
उद्‌घोष सम्वाददाता
१० भदौ २०८१, सोमवार

विराटनगर । एशियाकै ठूलो मध्येको धार्मिक समारोह मानिएको विराटनगरको राधाकृष्ण रथयात्रामा शंकास्पद चोरीमा संलग्न हुन सक्ने आशंकामा ४० जनालाई प्रहरीले अग्रिम पक्राउ गरेको छ ।

मंगलबार विराटनगरमा रथयाक्रा हुँदैछ । रथयात्राका त्रममा भिडमा गएर गरगहना, पर्स, घडी, मोबाइल जस्ता वस्तु चोरी गर्न सक्नेहरुलाई प्रहरीले पहिलेनै नियन्त्रणमा लिइएको जनाएको छ । 

रथयात्रा अघि नै विगतका चोरीमा घटनामा संलग्न भएका र प्रहरीले शंकास्पद सूचीमा राखेका व्यक्तिहरुलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

पक्राउ परेकाहरुलाई रथयात्रा समापनपछि मात्रै छाडिने छ । पक्राउ परेका मध्ये कतिपय व्यक्तिहरु फरार अपराधीहरु समेत हुनसक्ने भएकाले कम्प्युटर रेकर्ड हेरेर उनीहरुको पुरानो विवरण खोजिने उनले जानकारी दिए । 

रथयात्रामा पकेटमारी गर्न भारतीयहरु पनि आउने गरेका छन् । अनावश्यक नेपाल प्रवेश गर्नेलाई सोमबारदेखि नै प्रहरीले भन्सार नाकामा कडाइ गरेको छ ।

रथयात्राको सुरक्षा र सम्भावित चोरी तथा अन्य घटना नियन्त्रण गर्न मोरङ प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी संयुक्त रुपमा परिचालन गरिएको छ । 

चोरीमा संलग्न र सम्भावित समस्या निगरानी तथा नियन्त्रणका लागि प्रहरीले सादा पोशाकमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेको छ ।

विराटनगरको रयथायात्राको रुपमा १३ ठाउँमा सादा पोशाकका सुरक्षाकर्मीको समूह राखिएको उपरीक्षक कार्कीले बताए । गत वर्षको रथयात्रामा ५६ जनालाई चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले पक्राउ गरेको थियो । गएका रथयात्रामा भिडमा मानिसको पकेटमा हात हाल्दा हाल्दै पक्राउ पर्ने आधासरो हुने गरेका थिए ।

ती मध्ये आधा भन्दा बढी भारतीय थिए । चोरीमा संलग्न मध्ये एक चौथाई महिला पनि हुने गरेका छन् । 

कुनैपनि ठूलो धार्मिक समारोहमा चोरी गर्ने उद्देश्यले भारतबाट पेशेवर चोरहरु आउने गरेको पाइएको छ ।  

मंगलबार अपरान्ह ३ बजेदेखि राति साढे ९ बजे सकिने रथयात्राको भिडमा चोरी बाहेक युवति र महिलाहरुमाथि दुर्व्यवहार पनि हुनसक्ने भन्दै प्रहरीले उच्च सतर्कता अपनाएको जनाइएको छ ।

View : 845

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved