Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

भुजेलले मनाए उधौली पर्व

उद्‌घोष सम्वाददाता
१ पुष २०८१, सोमवार

विराटनगर । सीमान्तकृत भुजेल जातिको लोपोन्मुख भाषा, लिपि, संस्कार, संस्कृति, संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्न सोमबार प्रकृति पूजाको साथै उधौली पर्व मनाइएको छ । 

भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिका समितिको आयोजना र विराटनगर महानगरपालिकाको सहयोगमा पूजा र पर्व मनाइएको हो । 

पूजा र पर्व कार्यक्रमलाई सम्बोधन गर्दै समाजका केन्द्रीय अध्यक्ष खेमराज भुजेलले यस्ता कार्यक्रममार्फत एक ठाउँमा जोडिन र उत्साह बढाउन सहयोग पुग्ने बताए । 

विराटनगर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष उद्धवकुमार भुजेलले संस्कारलाई पर्व र पूजामा मात्र नभई चलनचल्तीमा पनि प्रयोगमा ल्याउनुपर्ने बताए । महानगर समितिका अध्यक्ष गोपाल भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्येता लक्ष्मण थुसिरोङ भुजेलले फोह्रो(पुरोहित) लाई पूजा कर्म सिकाएका थिए ।

त्यस्तै पूजाको लागि सेलरोटी पकाउँदा धेरै महिलाहरूले पकाउने अभ्यास गरेका थिए । 

कार्यक्रममा समाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष राजकुमार भुजेल, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्का सचिवालयका अध्यक्ष सुरेश सिंह गनगाईंसहित अन्य आदिवासी संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

View : 139

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved