Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
आर्थिक

भारतकै ठुलो ट्रेड फेयर ‘आहार’ मा काबरा ग्रुपको इन्ट्री

‘ज्याकपट’ ब्राण्डका नूडल्स तथा स्न्याक्समा अन्तर्राष्ट्रिय चासो
उद्‌घोष सम्वाददाता
२६ फागुन २०८१, सोमवार

विराटनगर । भारतस्थित दिल्लीमा सम्पन्न भएको भारतकै ठूलो ट्रेड फेयर ‘आहार’ मा काबरा ग्रुपको क्वालिटी फुडका उत्पादनको उत्साहजनक रूपमा प्रदर्शनी गरिएको छ । शनिबार सम्पन्न भएको ट्रेड फेयरमा काबरा ग्रुपले पहिलो पटक नेपाली उद्योगको तर्फबाट सहभागी जनाएको हो ।

ट्रेड फेयरमा काबरा ग्रुपको क्वालिटी फुड एण्ड स्न्याक्स प्रालि, क्वालिटी फूड्स नेपाल प्रालि र क्वालिटी नूडल्स इण्डष्ट्रिज प्रालिका उत्पादनहरू बिस्कुट, स्न्याक्स र नूडल्सहरू प्रदर्शनीमा राखिएको जनाइएको छ । 

दिल्लीस्थित प्रगति मैदानमा आयोजित ‘आहार’ ट्रेड फेयरमा काबरा ग्रुपले सजिसजाउ स्टलमा आफ्ना उत्पादनको प्रदर्शनी गरेको हो । प्रदर्शनीलाई केटाकेटीदेखि युवा र प्रौढ उमेरका भारतीय नागरिकहरूले उत्साहजनक रूपमा चासो राखेका हुन् ।

क्वालिटी ग्रुपले नौलो स्वाद र आकर्षक प्याकेजिङका साथ आफ्ना उत्पादनलाई बजारमा ल्याउँदै आएको छ । 

‘ज्याकपट’ ब्राण्डका नूडल्स तथा स्न्याक्सहरू प्रति प्रर्दशनीका क्रममा धेरैले उत्सुकता व्यक्त गरेको काबरा ग्रुपका श्याम काबराले बताए । उक्त ट्रेड फेयरमा क्वालिटी फुडका उत्पादनप्रति स्थानीय व्यवसायीहरूले समेत चासो व्यक्त गरेको उनले बताए । 

साथै भारतीय व्यवसायीहरूले प्रदेश र क्षेत्रगत सुपर डिष्ट्रिब्युटर्स, सोल डिष्ट्रिब्युटर्स र रिजनल डिष्ट्रिब्युटर्सका लागि प्रस्तावनाहरू पेश गरेको जनाइएको छ । जसलाई आफ्नो कम्पनीले सफलताको भव्यता प्राप्त गरेको उनले बताए ।

ट्रेड फेयरमा देखिएको उत्साहले काबरा ग्रुपले आउँदो वर्षमा करीव एक अर्ब रूपैयाँ बराबरको उत्पादन भारत र तेस्रो मुलुक निर्यात गर्ने लक्ष्य तय गरिसकेको जनाइएको छ । 

काबरा ग्रुप अन्तरगत बिस्कुट, स्न्याक्स तथा नूडल्स उत्पादन गर्ने उद्योगहरू उद्योगी श्याम काबराका छोरा सिद्धार्थ काबरा र राजेश काबराका छोरा मिलिन्द काबराले सम्हाल्दै आएका छन् ।

काबरा ग्रुपले आफ्नो परिवारका युवा पुस्ताका सदस्यहरूमार्फत लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई अध्ययन गर्दै नेपाली उत्पादनको बजार विस्तारमा सफलता प्राप्त गर्दै आएको दाबी गरिएको छ ।

त्यसैको सफलतास्वरूप उद्योगहरूले आफ्नो दिनानुदिनको कारोबार बृद्धि गर्दै अघि बढेको जनाइएको छ । उनीहरूले नै ‘काब्स् ज्याकपट’ लाई भारतीय बजारमा स्थापित ब्राण्डका रूपमा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जनाइएको छ ।

View : 57

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved