Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

एसईई नतिजा

पोखरियाबाट रागिनीले ल्याइन् ४ जीपीए, सफलता दर ९८ दशमलव ९२ प्रतिशत

उद्‌घोष संवाददाता
१४ असार २०८२, शनिवार

Advertisement

विराटनगर । विराटनगरको पोखरिया माध्यमिक विद्यालयबाट २०८१ को एसईई परीक्षामा विद्यार्थी रागिनी न्यौपानेले ४ जीपीए ल्याएर उतिर्ण भएकी छन् ।

सामुदायिक विद्यालयप्रतिको धारणा मै परिवर्तन ल्याउने गरी देशभर परिचित बनेको पोखरिया माविले विगत झैं यस बर्ष पनि उत्कृष्ट नजिता हाँसिल गरेको प्रधानाध्यापक खेमराज भट्टराईले बताए ।

विद्यालयबाट कुल ४६४ जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा अभिव्शा अधिकारी, टेसुला पराजुली र सन्दिका घिमिरेले उत्कृष्ट ३.९६ जीपीए ल्याएर उतिर्ण भएको उनले जानकारी दिए ।

विद्यालयबाट ३.९५ जीपीए ल्याएर २ जना, ३.६ देखि ३.९५ जीपीए ल्याएर २१८ जना, ३.२ देखि ३.६ जीपीए ल्याएर २११ जना विद्यार्थी उतिर्ण भएका छन् । त्यसैगरी २.८ देखि ३.२ जीपीए ल्याएर २४ जना, २.४ देखि २.८ ल्याएर २ जना उतिर्ण भएका हुन् ।

प्रधानाध्यापक भट्टराईले अनेकौं चुनौतिका बाबुजुद यस पटक पनि एसईई दिएका कुल विद्यार्थी संख्याको तुलनामा ९८.९२ प्रतिशत विद्यार्थी उतिर्ण गरेर सफलता हाँसिल गरेको बताए । उनले हरेक बर्षको नजिता सुधार भइरहेको दाबी गरे ।

‘हामीले २०७४ मा, २०७८ मा र अहिले ४ जीपीए प्राप्त गरेका छौं, ४ जीपीएमा कम्तिमा ५ जनासम्मको अपेक्षा गरेका थियौं, तर पनि यो हाम्रो सोचे अनुसारकै परिणाम हो’ भट्टराईले भने, ‘३.६ भन्दा माथि ल्याउने नै २१८ जना छन्, ९२ प्रतिशत विद्यार्थीले ३.२ भन्दा माथिको जीपीए प्राप्त गरेका छन्, यो नै उत्कृष्टताको उदाहरण हो ।’

View : 4538

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved