विराटनगर । प्राचीन तिर्थस्थल चतराधाममा यही चैत २७ गतेदेखि बैशाख महिनाभरी आयोजना हुन लागेको कुम्भ मेलाको अवसर पारेर आयोजित संकटमोचन श्रीहनुमद् महायज्ञको तयारी अघि बढेको छ ।
बैशाख १ देखि ११ गतेसम्म आयोजना हुने महायज्ञमा सवैलाई सामेल भइदिन जगद्गुरु श्रीरामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबाले आग्रह गरेका छन् ।
विराटनगर–२ स्थित श्याम मन्दिरमा आयोजित कार्यक्रममा उनले कौशिकी क्षेत्रमा दुई मिनेट भएपनि दर्शन गर्नका लागि विराटनगरबासीलाई आग्रह गरे । महायज्ञस्थलमा ४ लाख स्क्वायरफिटको टेन्ट, सात तलाको यज्ञ मण्डप र दैनिक दश हजार भक्तालु दर्शनार्थीहरुका लागि खानाको व्यवस्था गरिएको जनाइएको छ ।
सिद्धबाबाले जगद्गुरु बालसन्तको अभियानलाई नै साथ दिन श्रीहनुमद् महायज्ञ आयोजना गरिएको बताए । महायज्ञको प्रारम्भिक अनुष्ठान चैत २७ देखि नै सुरु हुने जनाइएको छ ।
बैशाख ५ गतेदेखि ९ गतेसम्म भारतका बागेश्वरबाबा समेत उपस्थित भएर हनुमान फ्रवचन दिने कार्यक्रम रहेको सिद्धबाबाले बताए ।
महायज्ञकै त्रममा बैशाख ९ गते विशाल कला संस्कृतियुक्त विश्वकै एकमात्र श्रीराम तारकब्रम्ह पीठ मन्दिर स्थापनाका लागि शिलान्यास हुने जनाइएको छ ।
कुम्भ मेला र श्रीहनुमद् महायज्ञको तयारीबारे विराटनगरका औद्योगिक व्यवसायिक क्षेत्रका अग्रणी उद्योगी व्यवसायी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
View : 262
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved