विराटनगर । मानो रोपेर मुरी फलाउने' राष्ट्रिय पर्व २२औँ राष्ट्रिय धान दिवस आज (असार १५) विराटनगरमा उल्लासमय तरिकाले मनाइएको छ। गणेश पुस्तकालय तथा वाचनालय तीन टोलियाको अग्रसरतामा आयोजित कार्यक्रममा स्थानीयवासीले धान रोपाईं गरेर दही चिउरा खाई कृषिप्रधान देशको परिचयलाई सार्थक पारेका छन्।
कार्यक्रममा सहभागीहरूले हिलो माटोसँगको सामिप्यताले स्वास्थ्य र समृद्धिसँग नजिकको सम्बन्ध राख्ने सन्देश दिए। पुस्तकालयले नेपाल कृषिप्रधान देश भए पनि बर्सेनि चामलको आयात बढिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ। सोही अवसरमा सरकारसँग देशका बाँझा जग्गाहरूलाई कृषियोग्य भूमिमा रूपान्तरण गर्न माग समेत गरिएको छ।
करीब ७० जनाको उल्लेखनीय सहभागिता रहेको सो कार्यक्रममा गणेश पुस्तकालय तथा वाचनालयका अध्यक्ष ईश्वरीप्रसाद उपाध्याय नेपालको अध्यक्षता रहेको थियो। विराटनगर १० नम्बर वडाका वडा अध्यक्ष अर्जुन गिरी प्रमुख अतिथि रहेको कार्यक्रममा प्रा. डा. हरिहर भण्डारी र पूर्व प्रधानाध्यापक दिनानाथ भण्डारी लगायतको उपस्थिति थियो।
कार्यक्रममा जीवन विज्ञान केन्द्रका प्रशिक्षकहरू रिता बराल कार्की, राधा कोइराला, हेम कार्की, ध्रुव कार्की, जानुका कार्की, अन्य साधक-साधिकाहरूको सक्रिय सहभागिता रह्यो। यस्तै, पुस्तकालयका योग प्रशिक्षकहरू विन्दा पोख्रेल, नरमाया थापा, इन्दु जोशी विष्ट, विराट सेवा आश्रमबाट पतञ्जलि योग समितिका योग शिक्षकहरू यमुना पोख्रेल, चोलाराज पोख्रेल र अन्य योग साधक-साधिकाहरूको पनि उपस्थिति थियो।
निर्वाह गरेका थिए । जसले सहभागीहरूमा खुसी र आनन्द प्रदान गरेको आयोजक एवम् योगगुरु राजुचन्द्र दाहालले बताए ।
असार १५ मा गरिने धान रोपाईंले कृषि उत्पादनमा वृद्धि र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने विश्वास गरिन्छ। यस अवसरमा आयोजित कार्यक्रमले कृषि क्षेत्रको महत्त्व र चुनौतीहरूलाई उजागर गर्दै सरकार र जनता दुवैलाई कृषि विकासमा लाग्न प्रेरित गरेको छ।
View : 782
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved