विराटनगर । मोरङको क्षेत्र नम्बर ६ बाट प्रमुख दलका उम्मेदवारहरूले आफ्नो मनोनयन पत्र दर्ता गरेका छन् ।
क्षेत्र नम्बर ६ मा नेकपा एमालेका विनोद ढकालले अपरान्ह साढे १ बजे उम्मेदवारी दर्ता गरे । नेकपाका ओपेन्द्र रायले पौने २ बजे मनोनयन दर्ता गरेका छन् ।
राप्रपाका सविन निरौलाले अपरान्ह २ बजे उम्मेदवारी दर्ता गरे ।
नेपाली कांग्रेसका डा. शेखर कोइरालाले ३ बजे उम्मेदवारी दर्ता गराए । रास्वपाबाट रुविना आचार्यले अपरान्ह साढे ३ बजे उम्मेदवारी दिइन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक स्वतन्त्रसहित विभिन्न दलसम्वद्ध १२ जनाले मनोनयन पत्र दर्ता गरिसकेका छन् ।
View : 268
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved