Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

टीकाराम पुरीले परित्याग गरे एमाले

पुरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) नेपालका पूर्वअध्यक्ष हुन् ।
उद्‌घोष संवाददाता
४ पुष २०८२, शुक्रवार

विराटनगर । विराटनगर-५ का टीकाराम पुरीले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । विद्यालय सञ्चालक पुरी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन(प्याब्सन) नेपालका पूर्वअध्यक्ष हुन् ।

उनले बिहीबारको मिति उल्लेख गरी जारी गरेको विज्ञप्तिमा एमाले कोशी प्रदेश कमिटीको सल्लाहकारसहित साधारण सदस्य समेत परित्याग गरेको उल्लेख छ ।

पुरीले व्यवहारिक तथा पारिवारिक कारणले पार्टी परित्याग गरेको विज्ञप्तिमा जनाएका छन् । उनी एभरेष्ट बोर्डिङ स्कुलका सञ्चालक हुन् । उक्त विद्यालयमा हालै एमालेको ११औं महाधिवेशनमा सचिव पदमा पराजित विनोद ढकाल पनि साझेदार छन् । 

View : 2185

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved