Biratnagar, Morang, Nepal
१५ वैशाख २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरबाट काठमाडौं उडेको यति एयरको जहाज जनकपुर र सिमरा विमानस्थलमा अवतरण

उद्घोष सम्वाददाता
१५ चैत २०८०, बिहिवार

विराटनगर । विराटनगरका काठमाडौं उडेको यति एयरको जहाज अहिले बाराको सिमरा विमानस्थलमा अवतरण भएको छ । विराटनगरबाट बिहीबार बिहान ७ः ४५ बजे काठमाडौंका लागि उडेको ९एन एएमएन कलसाइनको जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि डाइभर्ट गरेर जनकपुर विमानस्थलमा पहिलो अवतरण गरेको थियो ।

त्रिभुवन विमानस्थलको मौसम खराब भएपछि उक्त जहाज जनकपुर डाइभर्ट गरिएको थियो ।

जनकपुरमा झण्डै डेढ घण्टा बसेर पुनः १०ः १५ बजे काठमाडौंका लागि उडेको जहाज अहिले सिमरा विमानस्थलमा अवतरण गरेको सोही जहाजमा रहेका नेपाल प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदितले बताए ।

उनले पहिलो पटक काठमाडौंको आकासमा पुगेपछि मौसम खराब भएको भन्दै जहाजले ८- ९ पटक फन्को मारेको जानकारी दिए । तर त्यहाँ मौसममा सुधार नभएपनि जहाज जनकपुर फर्किएको थियो । 

जनकपुरबाट उडेर पुनः काठमाडौंको आकासमा पुगेको जहाज दोस्रो प्रयासमा पनि अवतरण हुन नसक्दा फेरी सिमरा विमानस्थलमा फर्किएको हो ।

मौसम खराब भएपछि जहाज काठमाडौं अवतरण गर्न नसकेको र जनकपुर विमानस्थलमा दुई सय रुपैयाँमा पार्लेजी बिस्कुट खाएर जहाज चढेको नवोदितले बताए ।

उक्त जहाजका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की समेत रहेको नवोदितले जानकारी दिए ।

View : 2746

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved