Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

दुई बालिका हत्या प्रकरणमा आमाले भनिन्– 'मैले नै बिष खुवाएको हुँ'

सार्वजनिक गर्ने क्रममा पत्रकारहरुलाई अस्मितासँग पनि सामान्य प्रश्न गर्ने अनुमति प्रहरीले दिएको थियो । उनी छोरीहरूको हत्या स्वीकार गर्दै भक्कानिएकी थिइन् । घटनाबारे उनले छोरीहरूलाई मारेको स्वीकार गर्दै रुँदै फटाफट घटना विवरण बताएकी थिइन् ।
उद्‌घोष सम्वाददाता
२० भदौ २०८१, बिहिवार

अस्मिता पौडेललाई सार्वजनिक गर्दै प्रहरी । तस्वीर : कमल/उद्घोष

विराटनगर । भर्खरै किशोरीवस्था पार गरेकी महिलाले दुई छोरीको हत्या गर्नुको पछाडि उनको कलिलो उमेर नै मुख्य कारण देखिएको छ । मोरङको सुन्दरहरैंचा–७ को केराघारीमा भदौ १५ मा २१ वर्षीया अस्मिता पौडेल कार्कीले दुई छोरीलाई विष खुवाएर ज्यान लिएकी थिइन् ।

३१ वर्षीय अर्जुन कार्की र २१ वर्षीया श्रीमती अस्मिताका छोरीहरू एक वर्षीया आइङ्का र तीन वर्षीया अर्पनाको शव शनिबार अपरान्ह केराघारीमा फेला परेको थियो । बहिनीलाई दिदीले अंगालो हालेको र दुबैको कपाल कपडाले छोपिएको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । यात्रुबाहक जिपको चालक रहेका कार्कीले १५ वर्षीया अस्मितासँग प्रेम विवाह गरेका थिए ।

घटनाको पाँच दिनपछि बुधबार बिहान झापाको बिर्तामोडमा फेला परेकी अस्मितालाई जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको छ । सार्वजनिक गर्ने क्रममा पत्रकारहरुलाई अस्मितासँग पनि सामान्य प्रश्न गर्ने अनुमति प्रहरीले दिएको थियो । उनी छोरीहरूको हत्या स्वीकार गर्दै भक्कानिएकी थिइन् । घटनाबारे उनले छोरीहरूलाई मारेको स्वीकार गर्दै रुँदै फटाफट घटना विवरण बताएकी थिइन् ।

अस्मिताले श्रीमानले दिएको मानसिक तनाव सहन नसकेर छोरीहरूलाई मारेर आफू पनि मर्न खोजेको बताइन् । श्रीमानले ‘तँलाई मारेर लास गाडीमा लगेर फाल्छु’ भनेपछि नानीहरू लिएर हिंडेको बताउँदै उनले घरमै भएको विष पहिले आफूले पिएको र त्यसपछि छोरीहरूलाई खुवाएको बताइन् । प्रहरीले भने पहिले छोरीहरूलाई खुवाएर थोरै विषादी उनले खाएको बताएको छ ।

आफू मरेपछि छोरीहरू श्रीमानलाई किन छाड्नु भन्ने लागेर मार्नु परेको बताउने उनले विष खाएपछि पेट पोल्न थालेको र आफू मरिहाले नानीहरूको बिजोग हुन्छ भनेर उनीहरूलाई पनि खुवाएको बताइन् ।

नाबालिकाको शव नजिकै किटनाशक औषधिको खाली बट्टा भेटिएको थियो । छोरीहरूलाई विष खुवाएर उनले पनि खाएको हुन सक्ने र जंगलमा कतै लडेको हुन सक्ने आशंकामा प्रहरीले आसपासका वनमा सर्च गरेको थियो । 

अस्मिताले घटनास्थलमा मोवाइल फोन छाडेकाले उनलाई खोज्न समय लागेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । उनका अनुसार अर्जुन र अस्मिताले बनाउँदै गरेको घरमा पानी पटाउने विषयमा विवाद भएको थियो ।

शुक्रबार अपरान्ह श्रीमानसँग बिवाद भएपछि केरा बगानमा गएर सोही दिन छोरीहरूलाई विष खुवाएर अस्मिता फरार भएकी थिइन् । श्रीमान र श्रीमतीबीच बारम्बार बिवाद हुने गरेको प्रहरीको प्रहरीले बताएको छ ।

अस्मितालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट बुधबार म्याद थप गरिएको छ । उनलाई बुधबार बिहान  साढे ४ बजे  बिर्तामोडस्थत राजमार्ग किनारमा हिंड्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो । बिरामी जस्तो देखिने उनलाई प्रहरीले बिहान कोशी अस्पताल विराटनगरमा ल्याएर उपचार गराएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमपछि दुई छोरीको दाहसंस्कार गरेर अर्जुन काजक्रियामा बसेका छन् । अर्जुनले अस्मितालाई घर छाडेर हिंड्न बाध्य पारेको विषयमा पनि अनुसन्धान हुने प्रहरीको भनाइ छ । इटहरीबाट संखुवासभाको खाँदबारीसम्म चल्ने आˆनै निजी जिपको चालक रहेका अर्जुनले अस्मितालाई प्रेम विवाह गरेर ल्याएका थिए ।

संखुवासभाबाटै अर्जुनले अस्मितालाई ल्याएर मोरङमा राखेका थिए । धनकुटाको पाख्रिबास स्थायी घर भएका कार्की केही वर्षदेखि सुन्दरहरैंचामा दिदीको घरमा बस्दै आˆनो घर पनि निर्माण गर्दै आएका थिए । कलिलो उमेरमा विवाह गरेर आमा बनेकी अस्मिताले छोरीहरूको हत्या गर्नुको कारण उनको अपरिपक्क उमेर नै भएको प्रहरीको अनुमान छ ।

कम उमेरकी बालिकासँग प्रेम विवाह गर्नुअघि केटाले धेरै प्रलोभन दिएको हुन्छ । ‘तिमीलाई यो दिन्छु, उ दिन्छु भनेको हुन्छ, धेरै आश्वासन दिएको हुन्छ’ उपरीक्षक कार्की भन्छन्–‘विवाहपछि बालबच्चा हुन्छन्, श्रीमानले पहिले दिएको आश्वाशन पूरा गर्न सक्दैन ।’

यो घटनामा पनि कार्कीको भनाइ लागु हुन सक्छ । अपरिपक्क उमेरमै आमा बनेपछि सबै कुरा सोच्न सक्ने क्षमता नभएका आमाले यसखाले घटन गराउन सक्छन् ।

View : 175

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved