Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेसको क्रियाशील प्रमाणपत्र वितरण

उद्‌घोष संवाददाता
१० भदौ २०८२, मङ्गलवार

विराटनगर । नेपाली कांग्रेस विराटनगर–४ ले क्रियाशील सदस्यताको प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । वडाका विभिन्न २८ वटा टोल समितिका सभापति र क्रियाशील सदस्यहरुसँग भेटघाट तथा परामर्श गरी कार्यक्रम सम्पन्न गरेको हो । 

उक्त अभियान विधिवत रुपमा भदौ १४ गते शनिबार कञ्चनबारीमा एक कार्यक्रमका बीच सम्पन्न हुने वडा सभापति राजकुमार तवदारले जानकारी दिए । 

सोमबार थानाटोलका सभापति मुकेश शर्मालाई क्रियाशील सदस्यताको प्रमाणपत्र प्रदान गर्दै वडा सभापति तवदारले प्रमाणपत्र वितरणको कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए । 

कार्यक्रममा नेपाली कांग्रेस वडा न.४ का उपाध्यक्षद्वय अर्जुन चुडाल, बालक राजबंशी, सचिव राजेन्द्र भट्टराई (राजन), स्थानीय नेताहरु काशीनाथ चुडाल, धीरेन्द्र तवदार, सुरेश थापा मगर, अमृता थापा मगर, गणेशबहादुर मगर, रामदेव राजबंशी, कृष्ण थापा, तुलसीजंग पोखरेल, गयालाल मण्डल, भोजकुमार अधिकारी लगायतको सहभागिता रहेको थियो ।

View : 425

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved