दुई नाबालिकाको शव फेला प्रकरण :
मोरङ । मोरङको सुन्दरहरैंचा–७ की अस्मिता पौडेल सिकिस्त अवस्थामा फेला परेकी छन् । श्रीमानसँग विवादपछि दुई दुई नाबालिका छोरी लिएर उनी गत शुक्रबार बेपत्ता भएकी थिइन् । छोरीहरू भने शनिबार स्थानीय केरा बगानमा मृत फेला परेका थिए ।
बेपत्ता भएकी अस्मिताको प्रहरीले व्यापक रुपमा खोजी गर्दै आएको थियो । उनलाई प्रहरीले बुधबार बिहान बिर्तामोडमा फेला पारेर उपचारका लागि कोशी अस्पताल विराटनगर ल्याएको जनाइएको छ ।
आफ्नै दुई छोरीको हत्या गरेको उनीमाथि छ । मृत फेला परेका दुई नाबालिका छोरीहरूको शव पोष्टमार्टमपछि अस्मिताका श्रीमान् अर्जुन कार्कीले सदगद् गरिसकेका छन् ।
प्रहरीले दुई नाबालिकाको हत्यामा अस्मिताकै संलग्न रहेको अनुमान गर्दै आएको छ । शव भेटिएको ठाउँ नजिकै अस्मिताको मोबाइल फेला परेको थियो ।
मालती टोल निवासी सीता रेग्मीको घरमा बस्दै आएका ३१ वर्षीय अर्जुन कार्की र २९ वर्षीया अस्मिता पौडेलका दुई सन्तान रहेका थिए ।
अस्मिता फेला परेका कारण प्रहरीलाई अनुसन्धान अघि बढाउन सहज भएको छ । सिकिस्त अवस्थामा रहेकी उनलाई अहिले उपचार सुरु गरिएको जनाइएको छ ।
बिर्तामोड बजारमा केही स्थानीयले उनलाई मंगलबार राती बास माग्दै गरेको अवस्थामा देखेको दाबी गरेका थिए । बास नपाएपछि उनी बेसुरमा हिँडेको जनाइएको थियो ।
View : 706
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved