विराटनगर । सशस्त्र प्रहरीले सुनसरीबाट एक करोड एक लाख रुपैयाँ बरामद गरेको छ । शनिबार राती करिव साढे ८ बजेको समयमा बा १६ च ७६१३ नम्बरको कारलाई शंका लागि चेकजाँच गर्दा झोलामा राखिएको उक्त रकम बरामद गरेको जनाइएको छ ।
हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल विओपी बसन्तपुरबाट खटिएको सशस्त्र प्रहरी हवल्दार किरण राई र सशस्त्र प्रहरी सहायक हवल्दार अजय साहु नेतृत्वको चेक प्वाइन्ट टोलीले घुस्कीबाट हरिनगरतर्फ जाँदै गरेको उक्त कारलाई शंका लागि चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा कारभित्र झोलामा राखिएको एक करोड एक लाख रुपैयाँसहित कार चालक हरिनगर गाउापालिका– ५ बस्ने वर्ष ३७ को इसा अन्सारीलाई पक्राउ गरेको जनाइएको छ । सशस्त्र प्रहरी चालक अन्सारीसहित रकम बरामद गरेको जनाएको छ ।
बरामद भएको नगदसहित चालक र सवारी साधनलाई राजश्व अनुसन्धान कार्यालय इटहरीमा आइतबार बुझाउने प्रक्रियामा रहेको जनाइएको छ ।
बरामद रकम एक हजार दरका ९ हजार ७०० वटाको हुन आउने ९७ लाख, पाँच सय रुपैयाँ दरको ८०० वटाको हुन आउने ४ लाख रहेको जनाइएको छ । उक्त रकम कसले कुन प्रयोजनका लागि कहाँ लगेको भन्ने खुलेको छैन ।
प्रहरी स्रोतका अनुसार उक्त रकम हुन्डी कारोबारीले प्रयोग गरेको हुनसक्ने जनाइएको छ ।
चालकको साथबाट एकथान सामसुङ फोन एउटा र सादा मोबाइल समेत बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
View : 269
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved