विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजनीमा दिएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोकेका छन् ।
जेनजी आन्दोलनपछि बनेको सरकारबाट मंगलबार मात्रै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजिनामा दिएर चुनाव लड्ने तयारी गरेका छन् ।
सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका थिए ।
उनीहरुले सम्हालेका मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशिला कार्कीले नै सम्हाल्ने गरी राष्ट्रपति पौडेलले जिम्मेवारी तोकेका हुन् ।
कार्की सरकारका उर्जा मन्त्री कुलमान घिसिङले यसअघि नै राजिनामा दिएर चुनावी मैदानमा उत्रिइसकेका छन् । घिसिङ बाहेक सवै रास्वपाबाट चुनाव लड्ने तयारीमा रहेको जनाइएको छ ।
View : 149
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved