Biratnagar, Morang, Nepal
४ असोज २०८३, आइतवार
+977 21 450305, 515728, 578305
शिक्षा

एभरेष्टमा नयाँ विद्यार्थीलाई स्वागत

उद्‌घोष संवाददाता
४ साउन २०८३, सोमवार

Advertisement

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । 

आइतबार आयोजित कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. बिजुकुमार थपलियाले सफलता विद्यार्थीको आफनै मेहनतमा निर्भर हुने बताउँदै सामाजिक सञ्जालको क्षणिक लोकप्रियताभन्दा दीर्घकालीन उपलब्धितर्फ ध्यान दिन आग्रह गरे । 

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विश्वस्तरीय प्रतिस्पर्धालाई ध्यानमा राखेर डिजी स्कुल, एआई शिक्षा र अन्तर्राष्ट्रिय अवसरमार्फत विद्यार्थीलाई सक्षम बनाउने वातावरण तयार गरिएको बताए । 

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने विद्यालयमा एक दशकभन्दा बढी समय सेवा गरेका कर्मचारी कृष्णकुमार ठाकुरलाई सम्मान गरिएको थियो ।

View : 147

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved