Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

गाँजासहित सवारी साधन नियन्त्रणमा

उद्‌घोष संवाददाता
१८ मंसिर २०८२, बिहिवार

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका–९ स्थित इनरुवा–जल्पापुर भित्री सडकखण्डबाट ४ सय ६० किलोग्राम लागू औषध गाँजासहित सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षक केशवकुमार थेवेको कमाण्डमा खटिएको प्रहरी टोलीले सडक छेउमा रोकी राखेको बा.३च ५५८५ नम्बरको स्कारपियो गाडीलाई शंका लागी चेकजाँच गर्दा गाडीभित्र १६ वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको ४ सय ६० किलोग्राम गाँजा बरामद गरेको हो ।

गाडीबाट गाँजा बरामद भएसँगै ओसारपसारमा संलग्न चालकको खोजतलास भइरहेको छ । 

त्यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–१३ स्थितमा चेकजाँचको क्रममा शहीदभूमि गाउँपालिका–७ का रोहन राईलाई ८ किलो ४९५ ग्राम गाँजासहित पक्राउ गरेको छ ।

यसैबीच भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडापाखामा प्राकृतिक रुपमा आफैं उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । 

जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ र अस्थायी प्रहरी चौकी हसनपुरबाट खटिएको प्रहरी टोलीले आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकाका वडा एरियाका विभिन्न स्थानमा करिव ६३ रोपनी क्षेत्रफलमा रहेका ६ हजार ८ सयवटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरी नष्ट गरेको छ ।

त्यसैगरी धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरी टोलीले शहीदभूमि गाउँपालिका–३ स्थित डाँडापाखामा करिव ३ रोपनी क्षेत्रफलमा रहेको ८ सयवटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरेर नष्ट गरेको छ ।

View : 200

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved