Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सहाराको कटहरी इकाई साधारण सभा

उद्‌घोष सम्वाददाता
२१ पुष २०८१, आइतवार

विराटनगर । झापाको चारपानेमा केन्द्रीय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मोरङको कटहरी इकाईको साधारणसभा सम्पन्न गरेको छ ।

आइतबार नारी विकास संघ कटहरीको सभाहलमा आयोजित साधारण सभामा बरिष्ठ प्रबन्धक मुकुन्द सेन कार्कीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।

त्यसैगरी लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन सेवा केन्द्र प्रमुख जितेन्द्रप्रसाद चौधरी र ऋण उपसमितिको बार्षिक प्रतिवेदन फिल्ड म्यानेजर उमा शंकर यादवले इकाई साधारण सभामा प्रस्तुत गरेको जनाइएको छ । 

यादवले कटहरी सेवा केन्द्र अन्तरगत तीन हजार दुई सय सदस्य आवद्ध रहेको जानकारी दिए । साधारण सभामा कटहरी–१ का वडाध्यक्ष हरिनारायण राजवंशी, स्थानीय समाजसेवीहरू लक्ष्मण माझी थारु, नागरिक विकास संघकी अध्यक्ष सीता शर्मा लगायतले शुभकामना दिएका थिए ।

View : 138

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved