Biratnagar, Morang, Nepal
२६ वैशाख २०८२, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

रौनियार समाजमा उपेन्द्र

उद्‌घोष सम्वाददाता
२१ वैशाख २०८२, आइतवार

विराटनगर । रौनियार सेवा समाजको अध्यक्षमा उपेन्द्र साह रौनियार निर्वाचित भएका छन् । 

विराटनगर–११ स्थित समाजको सामुदायिक भवनमा शनिवार भएको १० औं साधारणसभाबाट १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । 

समाजको प्रथम उपाध्यक्षमा शिवनारायण गुप्ता, द्वितीय उपाध्यक्ष गोपालप्रसाद गुप्ता, महासचिव शम्भुप्रसाद गुप्ता, सचिव दिपेन्द्रप्रसाद रौनियार र कोषाध्यक्षमा मनीष रौनियार सर्वसम्मत चयन भएका छन् । 

कार्यसमितिको सदस्यहरूमा अशोक साह रौनियार, मदन साह रौनियार, सन्तोषकुमार रौनियार, जमीश साह रौनियार, राजकुमार रौनियार र मन्नुकुमार गुप्ता, विनोदप्रसाद गुप्ता, उमेशप्रसाद रौनियार, सन्तोष भगत रौनियार र मनोज गुप्ता सदस्यमा चयन भएका छन् ।

महावीरप्रसाद रौनियारलाई वरिष्ठ सल्लाहकारमा चयन गरिएको छ । निर्वाचन समितिका संयोजक रामनरेश साह रौनियारले समाजको सर्वसम्मत निर्वाचित पदाधिकारी र सदस्यहरूको घोषणा गरेका थिए । 

सो अवसरमा बोल्दै गोल्डेन अस्पतालका सञ्चालक डा श्यामप्रसाद रौनियारले रौनियार समुदाय आर्थिक र शैक्षिकरुपमा सबल रहे पनि आफ्ना हकअधिकारको सवालमा पछि परेको बताए ।

उनले सामाजिक संरचनाका कारण समुदाय पछि परेको बताउँदै नवनिर्वाचित कार्यसमितिले समुदायलाई राज्यको मुल प्रवाहमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे ।

साधारणसभामा महासचिव शम्भुप्रसाद गुप्ताले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रामलखन साह रौनियारले संस्थाको आयब्यय विवरण प्रस्तुत गरेका थिए ।

View : 107

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved