Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी खस्यो, कम्तिमा ६ जनाको मृत्यु

उद्‌घोष संवाददाता
२७ माघ २०८२, मङ्गलवार

विराटनगर । काठमाडौंबाट ओखलढुंगाको पोकलीका छुटेको यात्रुबस रामेछापको सेलेघाटमा तामाकोशी नदीमा खस्दा कम्तिमा पनि आधा दर्जन यात्रुको ज्यान गएको दाबी गरिएको छ ।

प्रदेश ३ ०१–००५ख ९९७५ नम्बरको यात्रु बाहक बस बस सडकबाट तामाकोशीमा खसेको हो । दुर्घटनास्थलमा कम्तिमा ६ जनाको शव फेला परेको सुरक्षा स्रोतले जनाएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बस दुर्घटना भएको जानकारी दिंदै हताहतीको वास्तविक विवरण प्राप्त भइनसकेको बताए ।

बसमा कम्तिमा १७ जना यात्रु रहेको प्रहरीको अनुमान छ । घाइते अवस्थामा उद्दार गरिएका बसका चालकको मन्थलीमा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले बोटबाट उद्दार गरिरहेको छ । बसको अधिकांश भाग तामाकोशी डुबेको छ ।

उद्दारमा खटिएको प्रहरीले बसबाट कम्तिमा पनि १० जना यात्रुलाई घाइते अवस्थामा उद्दार गरेको जनाइएको छ ।

View : 147

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved