विराटनगर । कोशी प्रदेशका पहिलो सभामुख प्रदीप भण्डारी नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनित भएका छन् ।
बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले सुनसरीको धरानका भण्डारीलाई सल्लाहकार परिषद् सदस्यमा मनोनित गरेको जनाइएको छ ।
सचिवालय बैठकले ३४ जनालाई सल्लाहकार परिषद्मा मनोनित गरेको हो ।
सल्लाहकार परिषद्मा कोशी प्रदेशबाट भण्डारीसहित बिनु ढकाल (मोरङ), खालित हुसेन हक (सुनसरी), हरि पोखरेल (खोटाङ) र सर्वध्वज साँवा लिम्बू (सुनसरी) मनोनित भएका हुन् ।
View : 137
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved