Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

‘अविश्रान्त योद्धा तोरेन्द्रमानसिंह प्रधान’ लोकार्पण

उद्घोष सम्वाददाता
२८ माघ २०८०, आइतवार

विराटनगर । स्वतन्त्रता सेनानी तथा सामाजिक अभियन्ता तोरेन्द्रमानसिंह प्रधानको स्मृतिमा प्रकाशन गरिएको ‘अविश्रान्त योद्धा तोरेन्द्रमानसिंह प्रधान’ नामक स्मृति ग्रन्थको लोकर्पण गरिएको छ । तोरेन्द्रमानसिंह फाउण्डेशनले विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोशी प्रदेशका  प्रमुख पर्शुराम खापुङले सो स्मृति ग्रन्थको लोकार्पण गरेका हुन् ।

फाउण्डेशनले सिंहको बहुआयामिक व्यक्तित्वका विषयमा लेखिएको ५० वटा लेख संग्रहित स्मृति ग्रन्थ प्रकाशनमा ल्याएको हो । स्मृति ग्रन्थमा ४७  नेपाली लेखका साथै दुई अंग्रेजीमा र एउटा नेवारी लेख संग्रहित छन् ।

स्वर्गीय सिंहका   बालसखा, राजनितिक व्यक्तित्वसहित सामाजिक अभियन्ताहरूले उनका बिषयमा लेखेका लेखहरू संकलन गरी स्मृति ग्रन्थ प्रकाशनमा ल्याइएको फाउण्डेशनका अध्यक्ष सुर्दशनबहादुर श्रेष्ठले जानकारी दिए । पहिलो संस्करण ५ सय प्रति स्मृति ग्रन्थ प्रकाशनमा ल्याइएको फाउण्डेशनका अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा स्मृतिग्रन्थका सम्पादक दिनेश श्रेष्ठ र भाषा सम्पादक  गणेश बज्राचार्यलाई प्रदेश प्रमुख खापुङले सम्मान गरे ।

कार्यक्रममा तोरेन्द्रमानसिंह फाउण्डेशनका संरक्षक इन्दिरा प्रधान, स्वर्गीय सिंहका बलसखा मुकुन्द नेपाल र समाजसेवी केदारमल तोदी लगायतको सहभागिता थियो । विराटनगर–१० निवासी स्वतन्त्रता सेनानी सिंहको ९१ वर्षको उमेरमा २०७९ असोज ३ गते देहावसान भएको थियो ।

View : 234

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved