Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

एभरेष्ट कलरले विराटनगरमा खोल्यो शाखा

उद्‌घोष संवाददाता
२२ मंसिर २०८२, सोमवार

विराटनगर । चितवनको खैरनीमा उद्योग रहेको एभरेष्ट कलर (रंग) लिमिटेडले विराटनगरमा सोमबारदेखि आफ्नो शाखा विस्तार गरेको छ । 

उद्योगबाट उत्पादित रंगहरुलाई पूर्वी नेपालका बजारहरूमा आपूर्ति सहज गर्ने उद्देश्यले विराटनगर महानगरपालिका–४ जामुनगाछीमा  शाखा कार्यालय स्थापना गरिएको हो । 

कम्पनीका प्रबन्ध सञ्चालक सरोज लुईंटेल तथा कारखाना प्रमुख नविन निरौलाको उपस्थितिमा सोमबार बिहान पूजापाठ गरी शाखा कार्यालयको उद्घाटन गरिएको जनाइएको छ ।

अत्याधुनिक कलर कारखानाबाट हाल विभिन्न प्रकारका रंग उत्पादन तथा बिक्री वितरण हु“दै आएको एभरेष्ट कलर लिमिटेडले जनाएको छ । 

एभरेष्ट कलरले स्वदेशी युवाहरू संगठित गराई विगत १४ वर्षदेखि बहुराष्ट्रिय कम्पनी सरह उच्च गुणस्तरीय कलरहरू उपलब्ध गराउने नेपाली कम्पनीको रुपमा स्थापित भइसकेको दाबी गरेको छ । 

एभरेष्ट कलर, सहकारी मोडलमा स्थापित पहिलो कलर उद्योग हो । जसले सबै वर्गका उपभोक्ताहरुलाई ध्यानमा राखी नेपाली हावापानी सुहाउ“दो उच्च गुणस्तरका प्रिमियमदेखि ईकोनोमी ब्राण्डका विभिन्न प्रकारका रंगहरू उत्पादन गर्दै आएको प्रबन्ध संचालक सरोज लुईंटेलले बताए ।

कम्पनीले बाहिरी सतहको लागि १२ बर्ष वारेन्टी भएको एभरेष्ट सुपर प्रिमियम इन्टेरियर इमुल्सन, १० बर्ष वारेन्टी भएको एभरेष्ट प्रिमियम इन्टेरियर इमुल्सन, भित्री तथा बाहिरी सतहको लागि विभिन्न प्रकारका रंग तथा प्राइमर, काठ तथा धातुमा प्रयोग हुने इनामेल, काठमा प्रयोग हुने उड प्राइमर, आर्टमा प्रयोग हुने रंग तथा औद्योगिक प्रयोजनको लागि रंगको उत्पादन गर्दै आइरहेको जनाएको छ । 

निकट भविष्यमै विश्व बजारमा प्रचलित अन्य अत्याधुनिक उत्पादनहरूका साथै डिजाइन पेन्ट, इण्डष्ट्रियल फ्लोर पेन्ट लगायतका उत्पादनहरु बजारमा ल्याउने तयारी भईरहेको कम्पनीका कारखाना प्रमुख नविन निरौलाले जानकारी दिए । 

एभरेष्ट कलर उद्योग अन्तराष्ट्रिय गुणस्तर व्यवस्थापन प्रमाणिकरण प्रमाणपत्र (आइएसओ) प्रमाण चिन्ह प्राप्त, नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको सुचीमा दर्ता भइ नेपाल गुणस्तर चिन्ह प्राप्तिको क्रममा रहेको छ ।

मुलुकका सबै प्रमुख शहरहरूमा आफ्नो उत्पादनहरुले बजार ओगटिसकेको पनि कम्पनीले जनाएको छ ।

View : 786

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved