तुलसी सहकारी रकम अपचलन प्रकरण
विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहितका तीन पदाधिकारी सहकारीको रकम ठगी प्रकरणमा दोषी ठहर भएका छन्। विराटनगरमा केन्द्रीय कार्यालय राखेर देशका विभिन्न ठाउँमा कारोबार गर्ने क्रममा सहकारीले बचतकर्ताको ठूलो रकम हिनामिना गरेको आरोप लागेको थियो।
यसैक्रममा मोरङ जिल्ला अदालतले सहकारीका अध्यक्ष केदारनाथ शर्मा, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दिप खवासको कसुर ठहर गरेको हो। जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले आइतबार उनीहरुको कसुर ठहर गरेको जानकारी दिँदै श्रेस्तेदार मणि पोखरेलले सजाय निर्धारण भने बाँकी रहेको बताए। अदालतमा उपस्थित मध्ये थप तीन जनाले भने सफाइ पाएका छन्। सहकारीका सञ्चालकहरु आदित्य भट्टराई, उपाध्यक्ष अनिता गौतम र निर्मला पोखरेलले सफाइ पाएको पोखरेलले जानकारी दिए।
विराटनगरमा केन्द्रीय कार्यालय भएको यो सहकारीले झापाको दमक, उदयपुरको गाइघाट, र सिरहाको गोलबजारमा शाखा स्थापना गरेर २१ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर भएको थियो। दोषी ठहर भएका तीनै जना पुर्पक्षका लागि थुनामा छन्। तुलसी सहकारीका अध्यक्ष शर्मा भक्तपुरको शिवशिखर सहकारीको रकम अपचलन प्रकरणकासमेत आरोपी हुन्।
View : 579
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved