विराटनगर/ तेजस्वी वचत तथा ऋण सहकारी संस्था विराटनगर–५ को १२ औं साधारणसभा एवम् चौथो अधिवेशनले आगामी ४ वर्षे कार्यकालका लागि देवीप्रसाद चुडालको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा शम्भुप्रसाद पोखरेल, सचिव मीनादेवी केसी, कोषाध्यक्ष कमलप्रसाद कोइराला छन् ।
समितिका सदस्यहरुमा सरिता आचार्य, कुमारीश्यामु दाहाल, रेशावती रिमाल, चन्द्रनारायण विश्वास, उद्धव सापकोटा र शम्भु पौडेल छन् । साथै लेखा समिति संयोजकमा मणिराज प्रसाई र सदस्यद्वयमा राधिका घिमिरे र नयनकुमार ओझा चयन भएका छन् ।
संस्थाका अध्यक्ष श्री रमेश कुमार आचार्यको अध्यक्षता एवम् विराटनगर– ५ का वडाध्यक्ष सन्तोष न्यौपानेको प्रमुख आतिथ्यतामा शनिबार साधारणसभा सम्पन्न भएको थियो ।
चार सय ८० शेयर सदस्यहरुको उपस्थितिमा सम्पन्न सो साधारण सभाले आव २०८०–८१ को रु ९ करोड ६३ लाख ६२ हजारको वासलात र एक करोड १४ लाख १० हजारको वार्षिक आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेको थियो । सभामा सो आयव्यय विवरणसहित गत आबको लेखा परीक्षण प्रतिवेदन, प्रगति प्रतिवेदन र आव २०८१–८२ का लागि एक करोड ३५ लाख ३६ हजारको वार्षिक बजेट स्वीकृत गरेको छ ।
View : 59
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved