Biratnagar, Morang, Nepal
१७ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

विराट गोल्डकपको भव्य उद्घाटन

उद्घोष सम्वाददाता
१५ चैत २०८०, बिहिवार

विराटनगर । आठौं संस्करणको रात्रिकालीन विराट गोल्डकप बिहीबारदेखि सुरु भएको छ । विराटनगरको शहीद रंगशालामा प्रतियोगिताको भव्य उद्घाटन गरिएको हो । उद्घाटनका क्रममा आतिसबाजी गरिएको छ ।

कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उनले विराट गोल्डकप फुटबल प्रतियोगिताले कोशी प्रदेशमा फुटबल खेलको गरिमा बढाएको बताए । मन्त्री कार्कीले प्रदेशकै गौरवका रुपमा प्रतियोगिता हुने भएकोले खेलाडीहरूलाई मर्यादित भएको खेल प्रस्तुत गर्न आग्रह समेत गरेका थिए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अघिल्लो पटक आफै संयोजक भएर प्रतियोगिता आयोजना गरेको अनुभव सुनाउँदै प्रतियोगिता आयोजना गर्नु चुनौतीपूर्ण रहेको बताए ।

मेयर कोइरालाले विराट गोल्डकपलाई टिकट किनेर हेर्ने प्रतियोगिताका रुपमा विकास गर्नुपर्ने र विराटनगरवासीले पनि त्यो व्यवहार देखाउनुपर्नेमा जोड दिए ।

उद्घाटन खेल विभागीय टोली नेपाल पुलिस र आमन्त्रित टोली आरटीसी फुटबल क्लव थिम्पु भुटानबीच भएको हो ।

View : 145

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved