विराटनगर । लायन्स क्लब अफ विराटनगर सोशियलले मानव सेवा आश्रमलाई एकथान मारुती भ्यान प्रदान गरेको छ ।
मंगलबार विराटनगर–५ स्थित आश्रम परिसरमा एक कार्यक्रमको आयोजना गरी क्लबका अध्यक्ष लिलाकुमार ढुंगेलले आश्रमका अभियन्ता नवराज केसी र पार्वती तिवारीलाई उक्त भ्यानको साँचो हस्तान्तरण गरेका हुन् ।
क्लबका सल्लाहकार समेत रहेका समाजसेवी देवकीनन्दन अग्रवालले उपलब्ध गराएको भ्यान आश्रमलाई हस्तान्तरण गरिएको हो ।
समाजसेवी अग्रवालले आफू चढ्दै आएको को १ च २३३४ नम्बरको मारुती भ्यान आश्रमलाई दान गरेका हुन् ।
समाजसेवी अग्रवालले मानव सेवा आश्रम विराटनगरमा स्थापना भएयता नै मानवताको सेवा देखेर आफू संस्थासँग भावनात्मक रुपमा जोडिएको तथा निरन्तर सम्पर्कमा रहेको बताए ।
आश्रमका अभियन्ता नवराज केसीले आश्रमलाई प्रदान गरिएको सवारी साधनबाट सडक मानवहरुको उद्धार कार्यमा थप सहजता हुने बताए ।
हाल विराटनगर–५ डीपीएस स्कुलपछाडि रहेको निर्माणाधीन आश्रममा ६३ जना महिलाहरुलाई तथा पोखरिया वन कार्यालयनजिकै रहेको आश्रममा ६८ जना पुरुषलाई संरक्षण गरिएको केसीले जानकारी दिए ।
देशभरिका २१ जिल्लाका २९ ठाउँमा मानव सेवा आश्रमको शाखा कार्यालयहरु छन् ।
मुख्य कार्यालय हेटौडामा रहेको आश्रमको संरक्षणमा हाल करीब २ हजार जना रहेको जनाइएको छ । आश्रमले उद्धार र पारिवारिक पुनर्मिलनको कार्यक्रम प्राय दैनिकैजसो गराउने गरेको छ ।
View : 207
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved