Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अनुदानमा गहुँ र मकैको बीउ वितरण

उद्‌घोष संवाददाता
१७ मंसिर २०८२, बुधवार

विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बीउ वितरण सुरू गरेको छ । 

महानगर परिसरमा आयोजित कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की र आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौलाले अनुदानको बीउ वितरण सुरू गरेका हुन् । 

कृषिप्रति आकर्षण जगाउन अनुदानमा बीउ वितरण गरिएको महानगरले जनाएको छ । 

१० हजार ६ सय ३८ केजी गहुँ र ७ सय १४ केजी मकैको बीउ वितरण गरिएको कृषि तथा पशुपन्छी शाखाका संयोजक हीरालाल यादवले जानकारी गराए । 

३६ समूह र १० जना कृषकलाई बीउ वितरण गरिनेछ । महानगर क्षेत्रभित्र ९ सय हेक्टरमा गहुँ र ३ सय हेक्टरमा मकै खेती हुने गरेको यादवले जानकारी दिए । 

वडाको सिफारिसका आधारमा १० जना कृषकलाई पनि बीउ वितरण गरिनेछ ।

View : 190

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved