विराटनगर । सुनसरीको दुहबी नगरपालिकाले पूर्वअधिकृत युवराज ढकालको निधन भएको भन्दै शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले बिहीबार सार्वजनिक सूचनामार्फत् शोक विदा दिने घोषणा गरेको हो ।
२०७२ साउन ६ देखि २०७३ चैत १३ गतेसम्म दुहबी नगरपालिकाको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत ढकालको बुधबार काठमाडौंमा हृदयघातबाट निधन भएको जनाइएको छ ।
नगरपालिकाको पूर्वकार्यकारी अधिकृत ढकालको असमायिक निधनमा समवेदना प्रकट गर्दै शुक्रबार नगरपालिकाको कार्यालय तथा मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू (आकस्मिक बाहेक)का सबै सेवा बन्द रहने गरी शोक विदा दिएको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले बताए ।
विराटनगर–३ मानगढ निवासी मृतक ढकालको बिहीबार नै काठमाडौंस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको जनाइएको छ ।
View : 370
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved