काठमाडौँ, ३ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संविधान अनुकूल कानुन निर्माणमा सरकार जुटिरहेको बताएका छन्।
नेपाली रेडियो नेटवर्कको आठौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘संविधानका नवौँ वर्ष’ विषयक अन्तरक्रियामा सरकारले उनले आवश्यक कानुन निर्माणलाई प्राथमिकता दिएको उल्लेख गरे ।
ऊर्जामन्त्री खड्काले संविधान स्थायी दस्तावेज नभएकाले जनताको अपेक्षा र देशको आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने उल्लेख गरे ।
संविधानको रक्षाका लागि सबै दल मिल्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री खड्काले जनतामा देखिएका निराशालाई चिर्दै देशको आर्थिक विकासका लागि सरकारले काम गरिरहेको उल्लेख गरे ।
उनले विभिन्न दलका नेता र सरकारका बारेमा प्रश्न उठे पनि सङ्घीयताको नाममा भने प्रश्न नउठेको बताए । रासस
View : 281
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved