इटहरी । लगातारको प्रतिकूल मौसमका कारण इटहरी उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिन बिदा दिएको छ ।
उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले मंगलबार सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण शैक्षिक गतिविधि सञ्चालन गर्न प्रतिकूल अवस्था सिर्जना भएको भन्दै शैक्षिक सत्र २०८३ को वर्षे बिदाबाट मिलान हुने गरी साउन १३ गतेदेखि १५ गते (शुक्रबारसम्म) विद्यालय बन्द गर्ने निर्णय गरेको बताए ।
सूचनामा इटहरी उपमहानगरपालिका अन्तर्गत सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा उक्त अवधिसम्म बिदा रहने जनाइएकाे छ । मेयर पौडेलका अनुसार साउन १८ गते आइतबारदेखि विद्यालयहरू नियमित रूपमा सञ्चालन हुनेछन् ।
सूचनामा विद्यार्थीको स्वास्थ्य तथा सुरक्षित वातावरणलाई ध्यानमा राख्दै बिदाको निर्णय गरिएको उल्लेख गरिएको छ ।
View : 153
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved