घर निर्माण प्रदर्शनी :
विराटनगर । विराटनगरको जैन भवनमा सुरु भएको घर निर्माण प्रदर्शनीमा विनडोर सोलुसन्स प्रालिले विराटनगरमै सात वर्षदेखि उत्पादन गर्दै आएका यूपीभीसी झ्याल ढोका निकै आकर्षक देखिएको छ ।
घर निर्माण तथा मर्मतका क्रममा चाहिने झ्याल ढोका र टफन ग्लासयुक्त सिसाको काठभन्दा सस्तो र राम्रो मात्रै नभई छिटो जडान हुने गरेको छ ।
युवा उद्यमी रोहित थपलियाले विराटनगर–३ दूधफारम पूर्व यो उद्योग सञ्चालन गर्दै आएका छन् ।
जसले नेपालीरिका होटल, विराटनगर विमानस्थल, सेन्टजोसेफ स्कुल, विराट मेडिकल कलेज जस्ता ठूला पूर्वाधार संरचनाको झ्याल ढोका जडान गरी आफ्नो कार्यक्षमता प्रस्तुत गरिसकेको छ ।
विनडोर कम्पनीले आवासीय तथा व्यवसायिक जस्तोसुकै घरका लागि उत्कृष्ट फिटिङका साथ झ्यालढोका जडान गर्ने गरेको सञ्चालक थपलियाले जानकारी दिए ।
‘अहिले राम्रो काठ नपाउने समस्या बढ्दै गएको छ, काठभन्दा त आधा नै सस्तो पनि पर्छ’ उनले भने, ‘घरको फिनिसिङमा उत्कृष्टता प्रदर्शन हुन्छ, उपभोक्तामा आनन्दको अनभूति हुनेछ ।’
थपलियाका अनुसार यो झ्यालढोका ध्वनि प्रतिरोधी र वातावरणमैत्री पनि रहेको छ ।
घरधनी ग्राहकको आवश्यकताअनुसारका झ्याल ढोका निर्माण गरी छिटो जडान गर्न सकिने भएकोले विनडोर सोलुसन्सका झ्याल ढोकाप्रतिको आकर्षण बढेको छ ।
झ्याल ढोकाको ब्राण्ड स्थापित गर्न सफल भएको विनडोर सोलुसन्स घर निर्माण प्रदर्शनीको एसोसिएट पार्टनर समेत रहेको छ ।
View : 200
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved