Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

आयोजना बैंक व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

उद्घोष सम्वाददाता
२६ मंसिर २०८०, मङ्गलवार

विराटनगर : स्थानीय तहमा आयोजना बैंक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालन गर्दा हुने लाभका विषयमा जानकारी दिइएको थियो ।

महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा भएको अभिमुखीकरणमा योजना महाखाका कर्मचारी, प्राविधिक, १९ वटै वडाका सचिवलगायतको सहभागिता  थियो ।

कार्यक्रममा योजना बैंक विज्ञ डा गणेश गौतमले ७५३ वटा पालिकामा एउटै प्रणाली लागू गर्न सकिए सहज हुने बताए । उनले एउटै प्रणालीमा रहेर काम गरेमा राम्रो हुने दाबी गरे । 

आयोजना बैंकमार्फत एकअर्का पालिकाबीच तथ्यांक आदानप्रदान गर्नसमेत सजिलो र सहज हुने गौतमले बताए । तीनै तहको सरकारले एउटै प्रणालीमार्फत आयोजनाहरु प्रविष्ट तथा भ्रण्डारण आयोजनाहरु नदोहोरिने गौतमको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगले पूर्वतयारी बिना कुनै पनि आयोजनालाई बजेट विनियोजन नगर्न, आयोजनाहरुमा दोहोरोपन हुन नदिन र आयोजनासँगै सम्बन्धित धेरैभन्दा धेरै कागजातहरुलाई कागजविहीन बनाउनका लागि अनलाइन प्रविष्ट गर्न क्लाउडबेस स्टोरेजको सुविधा प्रदान गर्न आयोजना बैंक व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याएको जनाएको छ ।

सो अवसरमा स्थानीय आयोजना बैंक सञ्चालनका लागि मेयर कोइरालालाई प्रमाणपत्रसमेत हस्तान्तरण गरिएको थियो ।

View : 186

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved