Biratnagar, Morang, Nepal
४ मंसिर २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

महामन्त्री संग्रौलाद्वारा काङ्ग्रेस मोरङ क्षेत्र नं. ६ (२) को कार्यालय उद्‌घाटन

उद्‌घोष संवाददाता
३ मंसिर २०८३, बिहिवार

विराटनगर । नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं. ६ (२) समितिको कार्यालय बिहीबार विराटनगर–११ र ६ को सिमानास्थित केशलिया रोडमा एक भव्य समारोहबीच उद्‌घाटन गरिएको छ।

पार्टीका महामन्त्री डा. डिला संग्रौलाले  साे  कार्यालयको औपचारिक उद्‌घाटन गरेकी हुन्।

क्षेत्र नम्बर ६ (२) का सभापति रामसुन्दर राजवंशीको सभापतित्वमा सम्पन्न उद्‌घाटन कार्यक्रममा नेपाली काङ्ग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

 

कार्यक्रममा बोल्दै वक्ताहरूले पार्टी संगठनलाई चलायमान बनाउन, जनताको घरदैलोसम्म पुग्न र स्थानीय स्तरमा जनसम्पर्कलाई अझ बलियो बनाउन नयाँ कार्यालयले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उद्‌घाटन समारोहमा नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नम्बर ६ का सभापति चुमनारायण तबदार, जिल्ला उपसभापति भक्ति माझी, सचिव मोदराज घिमिरे, सहसचिव सञ्जय मण्डल, कोशी प्रदेश सदस्यहरू गोपाल रेग्मी र उत्तम चौलागाईंले मन्तव्य राखेका थिए।

त्यसैगरी कार्यक्रममा  क्षेत्र नम्बर ६ (२) का उपसभापति गणेश निरौला, सचिव राजकुमार दाहाल,गौरादहका पूर्व मेयर रोहित साह, नेताहरू चेतराज रेग्मी, काशी चुँडाल,  पूर्व प्रदेश सभा सदस्य सूयर्माराज राई, अर्जुन निरौला, अमृता गच्छदार, र विराटनगर–१२ का सभापति डेगराज दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए।

नयाँ कार्यालय स्थापनासँगै यस क्षेत्रका सांगठनिक गतिविधिहरू सञ्चालन गर्न र कार्यकर्ता भेटघाट तथा जनताका गुनासा सुन्न सहज हुने अपेक्षा गरिएको छ।

 

 

 

View : 190

४ मंसिर २०८३, शुक्रवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved