विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१ को विरुवामा पाँच दिनदेखि हराईरहेका दाजु बहिनी मृत भेटिएका छन् । १० बर्षीय शिशिर राई र उनकी बैनी पाँच बर्षीया नानुमा राई मृत भेटिएका हुन् ।
शुक्रबार घरबाट विद्यालयका लागि हिंडेका उनीहरू बेपत्ता भएपछि खोजी तिब्र पारिएको थियो ।
दाजु बहिनीको शव मंगलबार विरुवा खोलाको छुट्टाछुट्टै स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
विद्यालय हिडेका उनीहरू हराएपछि खोजी कार्य गरिएको थियो । बैनीको केही तल र दाजुको केही माथि खोला किनारमा शव भेटिएको प्रहरीको भनाई छ ।
उनीहरू पूर्ण आधारभूत विद्यालयको कक्षा ४ र १ मा अध्ययानरत थिए ।
केहि दिनदेखि प्रहरी र स्थानीय खोजीमा खटिएका थिए । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मृतक दुवैको शव पोस्टमार्टमका लागि फिदिम ल्याईने जनाइएको छ ।
View : 379
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved