विराटनगर । पहिरो खसेर चार दिनदेखि अवरुद्ध बनेको बराहक्षेत्र धाम जाने सडक शुक्रबारदेखि खुलेको छ । पहिरो पन्छाएर एकतर्फी रुपमा सडक संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।
अविरल वर्षापछि पहिरो खस्दा मंगलबार दिउँसोदेखि प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्र जाने सडक दुई ठाउँमा अवरुद्ध भएको थियो । सडक अवरुद्ध बनेपछि बुधबार बराह जयन्तीका दिन तीर्थालुहरू त्यहाँ पुग्न नसकी फर्किनु परेको थियो ।
कोसी पुलदेखि बराहक्षेत्र धाम जाने बाटोको दुई ठाउँमा ढुंगा सहितको पहिरो खसिरहेका कारण सडक अवरुद्ध भएकोमा स्काभेटरको सहायताले धनसरे खोला र १७ नम्बर पुलको भीरबाट खसेको पहिरो पन्छाएर सडक खुलाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख विकास राईले बताए ।
View : 189
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved