Biratnagar, Morang, Nepal
२८ जेठ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

भजन ‘क्लबिङ कन्सर्ट’ हुने

उद्‌घोष संवाददाता
२७ जेठ २०८३, बुधवार

भजन क्लबिङ कन्सर्टबारे जानकारी दिंदै आयोजक समूह । तस्वीर : सुशांक दाहाल/उद्घोष

विराटनगर । विराटनगरमा विश्व हिन्दू परिषद्ले भजन क्लब कन्सर्टको आयोजना गर्ने भएको छ । परिषद्ले आउँदो शनिबार जैन भवनमा सो कन्सर्टको आयोजना गर्ने भएको हो । 

सनातन धर्मको संरक्षण, संवद्र्धन तथा धार्मिक जागरण गर्ने उद्देश्यले ह्यासट्याग इभेन्ट र विश्व हिन्दू परिषद् नेपालको सहकार्यमा सो कार्यक्रमको आयोजना हुने भएको हो ।

विश्व हिन्दू परिषद् नेपालले सञ्चालन गर्दै आएको बालसंस्कार केन्द्रका लागि सहयोग हुने अपेक्ष्ाँसहित सो कन्सर्टको आयोजना गर्न लागिएको सञ्चालक समितिका सचिव नितेश कुमारले जानकारी दिए ।

पछिल्ला पुस्ताहरू क्लबमा गई नशा गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने र मनोरञ्जनको माध्यमबाट सनातन संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना हुन लागेको अध्यक्ष कौशल अग्रवालले बताए ।

कार्यक्रममा घरेलु समूह र बाहिरी समूहको उपस्थिति हुने भएको छ । बाहिरी समूहअन्तर्गत चर्चित भजन गायक गजेन्द्रप्रताप सिंहसहितको १० जनाको उपस्थिति हुने सचिव नितेशले जानकारी दिए । सचिव नितेशका अनुसार तीन प्रकारका टिकटबाट प्रवेश गर्न पाइने छ । 

भीआईपी, फ्यानपिट र साधारण टिकटसहित तीन प्रकारका टिकटबाट प्रवेश गर्न पाइने जनाइएको छ । जसको मूल्य क्रमशः २५ सय, १५ सय र ३ सय रहेको जनाइएको छ ।

हाल ग्रामथान, बूढीगंगा, रतुवामाई लगायतका स्थानहरूमा बाल संस्कार केन्द्रको स्थापना गरी सञ्चालन गर्दै आएको सचिव नितेशले बताएका छन् । 

कोशी प्रदेशमा २८० र देशभरिमा गरेर १ हजार १ सयवटा संस्कार केन्द्रको स्थापना भएर सञ्चालनमा अँइसकेको छ । सो केन्द्रमा चार वर्षदेखि १४ वर्ष उमेरसमूहका बालबालिकाहरू रहेको जनाइएको छ ।

View : 63

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved